काठमाण्डु,२९मंसिर–अघिल्लो साता तीव्र गतिमा बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा यसको शुरुवातमै घटेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से ४.७८ अंकले घटेर ११६७.८६ बिन्दुमा झरेको छ ।
कारोबार शुरु भएपछि परिसूचक बढ्दै गएको भए पनि कारोबार बन्द हुने बेलामा घट्दै गएको थियो । परिसूचक घट्दै जाँदा दोहोरो अंकले घटेको भए पनि अन्तिम १० मिनेटमा सम्हालिँदा परिसूचकमा ठूलो पहिरो जानबाट रोकिएको थियो ।
कुल १७२ वटा कम्पनीको २० लाखभन्दा बढी कित्ता शेयर ६८ करोड ६० रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।