काठमाण्डु २९ मंसिर – साताको दोस्रो दिन आज आइतबार सुन तोलामै ५ सयले बढेको छ ।
शुक्रबार ७० हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाल सुनको भाउ आज आइतबार प्रतितोला ५ सयले बढेर ७१ हजार ३ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजार पुगेको छ भने चाँदीको मूल्य ८ सय ४५ रुपैयाँमा कायम भएको छ।