कुमारी बैंकको नयाँ शाखा अब मेलम्चीमा

काठमाण्डु टुडे २०७६ मंसिर २७ गते १४:०७ मा प्रकाशित

काठमाण्डु , २७ मंसिर-  कुमारी बैंकले सिन्धुपाल्चोकको मेलम्चीमा आफ्नो नयाँ शाखाको सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाल र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु-याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु-याउने योजना बनाएको छ ।
विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु-याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us