एमाओवादीसँग कार्यगत एकता मात्रै–बादल

काठमाण्डु टुडे २०७१ वैशाख १७ गते १०:११ मा प्रकाशित

Badalकाठमाण्डु, १७ वैशाख – नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले दोस्रो संविधानसभाको निर्वाचनपछि यथास्थितिवादीको पुनःस्थापना भएको बताएका छन् । क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले पहिलो संविधानसभाको विघटन र दोस्रो संविधानसभाको चुनाव षडयन्त्रपूर्वक भएका कारण यो संविधानसभाको विघटन गर्नुपर्ने माग गरेका छन् । उनले जनताको समस्या हल गर्ने खालको संविधान जारी हुन नसक्ने दाबी गरे ।

उनले एकीकृत नेकपा (माओवादी) ले हेटौँडा महाधिवेशन सच्याएर आएको अवस्थामा पार्टी एकीकरणको सम्भावना रहेको बताए । एकीकृत माओवादीमा मुद्दाका सवालमा कार्यगत एकता भएको बताउँदै नेता थापाले एकीकरण तत्कालै हुने अवस्था नरहेको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us