घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर २७ गते ११:२६ मा प्रकाशित

काठमाण्डु ,२७ मंसिर – साताको अन्तिम दिन आज (शुक्रबार) छापावाल सुनको भाउ घटेको छ । शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ तोलाको ७० हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलामा ४ सय रुपैयाँ बढेर सुन तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने शुक्रबार घटबढ भएको छैन । चाँदी आज तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us