नेप्सेमा वृद्धि कायमै

काठमाण्डु टुडे २०७६ मंसिर २४ गते १५:३२ मा प्रकाशित

काठमाण्डु , २४ मंसिर -आज मंगलबार नेप्से ३.४८ अंकले बढेर ११५१.३६ बिन्दुमा पुगेको छ ।

अघिल्लो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अंकको वृद्धि भएको हो।
कारोबार शुरु भएदेखि नेप्सेमा निक्कै उतारचढाव भएको थियो । बीच परिसूचक केहीबेर गिरावट देखिए पनि कारोबार बन्द हुने बेला सुधारिएको हो । कुल १७० वटा कम्पनीको १६ लाख ६१ हजारभन्दा बढी कित्ता शेयर ५० करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । यस दिन परिसूचकँगै कारोबार रकम र शेयर संख्यामा पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज कारोबारमा जलविद्युत्, निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक सबै समूह बढेका छन् ।
आज नेपाल बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै अर्थात साढे सात करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै सबैभन्दा धेरै नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । त्यस्तै सपोर्ट लघुवित्तको शेयर पनि करिब १० प्रतिशतले शेयर मूल्य बढेको छ । तर, अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us