काठमाण्डु, १६ वैशाख – व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजवाट सकिदै छ । गत माघ १२ गतेदेखि शुरु भएको अधिवेशनमा आजसम्म ३१ दिनमा ३२ वटा बैठक बसको थियोे । यो अवधिमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधयेक संसदबाट पारित भएको छ । सरकारले संसदलाई विजनेश दिन नसके पछि राष्ट्रपति कार्यालयबाट पत्र पढेर सुनाउने र अधिवेशन अन्त्य गर्ने तयारी छ । अधिवेशन आज राती १० बजेबाट अत्य हुने गरी स्थगित भएको छ ।