रसुवाका अध्यक्ष माथि आक्रमण भएको भन्दै आपत्ति

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ९:०० मा प्रकाशित

fnj logoकाठमाण्डु, १६ वैशाख –  नेपाल पत्रकार महासंघले रसुवा शाखाका अध्यक्ष सोमबहादुर तामाङ र सदस्य मालफुर्वा तामाङमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएको छ । आज एक बिज्ञप्ति जारी गर्दै महासंघले  समाचार संकलनको क्रममा सांघातिक आक्रमण गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

एकीकृत नेकपा माओवादीको जिल्ला सम्मेलनका क्रममा पुगेका उनीहरुमाथि एकीकृत माओवादीका पूर्व सभासद् प्रेमबहादुर तामाङ र रामशरण पौडलको नेतृत्वमा आएका समुह नोर्बुसिंगी तामाङ, कासीफिन्जो तामाङ, तासाङकामी तामाङ, सुनार गमाजान तामाङ, शम्भु तामाङ लगायतले आक्रमण गरेका गरेको महासंघले जनाएको छ ।
समाचार र विचार पस्केर नागरिकलाई सुसूचित गराउने कार्यमा अहोरात्र खटिने पत्रकारमाथि जुनसुकै पक्षबाट आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम हो । प्रेस जगतलाई आतंकित र त्रसित बनाई नागरिकको सुसूचित हुने अधिकारलाई कुण्ठित पार्ने यस्ता कार्यको महासंघ कडा शब्दमा भत्र्सना गर्दछ, महासंघको बिज्ञप्तिमा उल्लेख छ ।
यसैगरी महासंघले सिराहा शाखाका पूर्वसल्लाहकार एवं नयाँ पत्रिका दैनिकका सम्वाददाता दिलीप सिंहलाइ वैशाख १२ गते मोटरसाइकल चढेर आएका केही ब्यक्तिले सांघातिक आक्रमण गरेको घटना प्रति पनि आपत्ति भएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us