नेप्सेमा ८ अंकको सुधार

काठमाण्डु टुडे २०७६ मंसिर ११ गते १५:३६ मा प्रकाशित

काठमाण्डु,११मंसिर– लगातार गिरावट भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सुधार भएको छ ।

आज नेप्से ८.३० अंकले सुधार हुँदा परिसूचक १११७.४६ बिन्दुमा पुगेको छ ।
कुल १६५ वटा कम्पनीको ७ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर २१ करोड २३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचक वृद्धि भए पनि आज कारोबार रकम र संख्या भने अघिल्लो दिनभन्दा कम हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us