काठमाण्डु, १६ वैशाख – व्यवस्थापिका–संसद् मातहत रहेको राज्य व्यवस्था समितिको आजको बैठक स्थगन भएको छ ।
व्यवस्थापिका–संसद् र समितिको बैठकको समय जुधेका कारण बैठक स्थगन भएको समितिका ज्येष्ठ सदस्य चित्रबहादुर केसीले बताए ।
आजको बैठकका लागि उपप्रधानमन्त्री वामदेव गौतमलाई आमन्त्रण गरी मुलुकको शान्ति सुरक्षा, डढेलो नियन्त्रणमा सरकारको तयारी र प्रहरी बढुवाका सन्दर्भमा नियमावलीमा भएको परिवर्तनलगायत विषयमा छलफल गर्ने कार्यक्रम तय भएको थियो ।