नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ मंसिर ८ गते १५:३४ मा प्रकाशित

काठमाण्डु,८मंसिर– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ ।

अघिल्लो साताभरी नै गिरावट भएको नेप्से आइतबार १०.५४ अंकले घटेसँगै परिसूचक १११०.०८ बिन्दुमा झरेको छ ।
कुल १६२ वटा कम्पनीको ९ लाख २९ हजारभन्दा बढी कित्ता शेयर २८ करोडभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका सबै समूह घटेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us