वीरगन्ज (पर्सा), १६ वैशाख – पर्साको लिपनीबिर्ता गाविस वडा नम्बर ९ स्थित विश्वकर्मा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
उद्योगमा काम गरिरहेका बेला उदयपुर घुर्मी गाविस वडा नम्बर ५ घर भएका रामाशिष राउत अहिरको लोडरले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ ।
यसैबीच मृतकका परिवार, युनियनका प्रतिनिधि तथा प्रहरीबीच भएको सहमतिअनुसार मृतकका परिवारलाई साढे आठ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ ।
घटनाका विषयमा थप अनुसन्धान जारी नै रहेको पर्सा प्रहरीले जनाएको छ ।