हवात्तै घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर ८ गते ११:२१ मा प्रकाशित

काठमाण्डु , ८ मंसिर – साताको पहिलो दिन नै सुनको भाउ हवात्तै घटेको छ ।

शुक्रबार प्रतितोला ७२ हजार १ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामै ५ सयले घटेर ७१ हजार ६ सय रुपैंयामा कारोवार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदी प्रतितोला ८ सय ५५ रूपैँयामा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us