एक हप्तासम्म लगातार आरालो लागेको नेप्से

काठमाण्डु टुडे २०७६ मंसिर ५ गते १५:४१ मा प्रकाशित

काठमाण्डु , ५ मंसिर — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.७४ अंकले घटेर परिसूचक ११२०.६० बिन्दुमा झरेको छ ।

कुल १६७ वटा कम्पनीको १० लाख ५० हजारभन्दा बढी कित्ता शेयर २९ करोड ७७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज कारोबारमा आएका समूहमध्ये व्यापार, अन्य र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह घटेका छन् । आज पनि एनएमबि बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ३० लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । ३५ प्रतिशत लाभांश दिने भएपछि यस बैंकको कारोबार उच्च हुँदै आएको छ ।
आज पनि अघिल्ला दिनमा जस्तै साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ । यस कम्पनीको दिनहुँ १० प्रतिशतका हाराहारीमा शेयर मूल्य बढ्दै गएको छ । आज जनउत्थान सामुदायिक लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य आठ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us