संसदको चालु अधिवेशन आजबाट अन्त्य हुने

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ३:४९ मा प्रकाशित

ca houseकाठमाण्डु, १६ वैशाख – व्यस्थापिका संसदको चालु अधिवेशन आजबाट अन्त्य हुने भएको छ ।

व्यवस्थापिका संसद बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख सुवासचन्द्र नेम्वाङले पढेर सुनाएपछि अधिवेशन अन्त्य हुनेछ । केही सातापछि बजेट अधिवेशन सुरु हुने भएकाले अहिले सदन अन्त्य गर्न लागिएको हो ।

प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बेलुका राष्ट्रपति रामवरण यादवलाई भेटगरि व्यवस्थापिका संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश अधिकारीले जानकारी दिए ।
अन्तरिम संविधानको भाग ६ को धारा ५१ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका–संसदको अधिवेशन अन्त्य गर्ने उल्लेख छ ।

संविधानसभा निर्वाचनपछि व्यवस्थापिका संसदको पहिलो बैठक २०७० माघ १२ गते बसेको थियो ।

बैठकले केही दिन अघि मात्रैे सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी विधेयक पारित गरेको थियो । सरकारले संसदमा बिजनेस दिन नसकेकाले अधिवेशन अन्त्य गर्न लागिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us