मुकेश अम्बानीको कम्पनीले बनायो यस्ताे नयाँ रेकर्ड

काठमाण्डु टुडे २०७६ मंसिर ४ गते १८:५७ मा प्रकाशित

एजेन्सी – भारतीय अर्वपति मुकेश अम्बानीको कम्पनी रिलायन्स इडस्ट्रीज लिमिटेडले हरेक दिन जसो नयाँ रेकर्ड बनाउंदै छ ।

मंगलबार ९.५० लाख करोड भारतीय रुपयांको मार्केट क्यापिटल अर्थात् बजार पूंजीकरणको आंकडा पार गरेको छ । यसै सफलताको कारण अब रिलायन्स कम्पनी संसारकै छैटौं ठुलो तेल उत्पादक कम्पनी बनेको छ ।

अम्बानीको यो कम्पनीले ब्रिटेनको बीपी पीएलसीलाई पछि पार्दै यो उपलब्धि हासिल गरेको हो । बीपी पीएलसीको मार्केट क्याप १३२०० करोड डलर अर्थात् ९.४५ लाख करोड भारतीय रुपयाँ मात्र छ ।

स्मरण रहोस, यसैबर्ष रिलायन्स इडस्ट्रीज लिमिटेडले ब्रिटेनको बीपी पीएलसीसंग सम्झौता गरेको थियो । रिलायन्स इडस्ट्री ज भन्दा ठुला तेल कम्पनीहरुमा अझै चीनको पेट्रोचाइना, सउदीको अरामको र एक्सन मोबिल कर्पोरेशन जस्ता ठूला कम्पनीहरु छन् ।

यसरी नयाँ रेकर्ड राख्न सप्तामहको तेस्रो दिनको कारोबारको शुरुवाती समयमा रिलायन्स इडस्ट्रीजको शेयर ४.१० प्रतिशतले बढेको थियो ।

यसरी बढ्दा १,५७१.८५ भारु प्रति शेयर मूल्य पुगेको हो । यो रिलायन्स कम्पनीको अहिले सम्म कै सर्वाधिक धेरै मुल्य हो ।
यो नयाँ रेकर्डका साथै अम्बानी एसिया कै सर्वाधिक धनि व्यक्ति बनेका छन् । ब्लूामबर्ग बिलेनियर इंडेक्सिका अनुसार मुकेश अम्बानीको कुल नेटवर्थ ५८ बिलियन डलर छ ।

अब मुकेश अम्बानी विश्वका १२ औं स्थाानमा पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us