नेपाल कुवेतसँग पराजित

काठमाण्डु टुडे २०७६ मंसिर ३ गते १७:१५ मा प्रकाशित

काठमाण्डु,३मंसिर–फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ संयुक्त छनोट अन्तरगत खेलमा नेपाल कुवेतसँग पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा भएको खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो। नेपालविरुद्ध कुवेतका कप्तान बादेर अल अलमोतावाले गोल गरे ।

नले खेलको २८ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई अग्रता दिलाएका थिए ।
नेपाली खेलाडीले रक्षात्मक खेलेपनि गोल फर्काउन सकेनन् । कुवेतले दोस्रो हाफमा गोल गर्ने अवसर पाए पनि थप गोल गर्न सकेन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us