मंसिर लागेसँगै बढ्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ मंसिर ३ गते १२:१९ मा प्रकाशित

काठमाण्डु , ३ मंसिर — विवाहको महिना सुरु भएसँगै सुनको भाउ पनि उकालो लागेको छ ।

हिजो प्रतितोला ७१ हजार ६ सयमा कारोवार भएको छापावाल सुन आज ४ सयले बढेर प्रतितोला ७२ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै, सोमबार प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोवार भएको तेजावी सुन आज ४ सयले बढेर ७१ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको छ ।

यसैगरी ,हिजो प्रतीतोला ८ सय ५० मा चाँदी किनबेच भएको चाँदी आज १० रुपैंयाले बढेर प्रतीतोला ८ सय ६० रुपैंयामा कारोवार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us