काठमाण्डु , २ मंसिर — साताको दोस्रो दिन आज सुनचाँदीकोे भाउ ओरालो लागेको छ ।
हिजो प्रतितोला ७१ हजार ८ सयमा कारोवार भएको छापावाल सुन आज २ सयले घटेर ७१ हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, आइतबार प्रतितोला ७१ हजार पाँच सयमा कारोबार भएको तेजावी सुन आज २ सयले घटेर ७१ हजार ३ सय रुपैंयामा कारोवार भएको छ । यसैगरी , आज प्रतीतोला ८ सय ५० मा चाँदी किनबेच भइरहेको छ ।