पोखरा न्यूरोडस्थित सहकारीबाट ३१ लाख लुटपाट

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १३:२७ मा प्रकाशित

पोखरा, १५ वैशाख – पोखरा न्यूरोडस्थित एक सहकारीबाट ३१ लाख लुटपाट भएको छ । मेघा बचत तथा ऋण सहकारीमा पैसा लिन गएका यति डेभलोपमेन्टमा कर्मचारी भगवान बराललाई गोली हानेर  लुटेराहरुले ३१ लाख लुटपाट गरेको हो । ३ जनाको समुहमा आएका लुटेराहरुले बराललाई गोली हानी रकम लुटेर भागेका थिए । कन्चटमा गोली लागेका उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us