घट्यो विदेशी मुद्राको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक २९ गते १२:५९ मा प्रकाशित

काठमाण्डु , २९ कात्तिक-  आज विदेशी विनिमय दरको भाउ केहि घटेको छ । केही दिन यता निरन्तर उकालो लागेको भाउ आज भने केही घटेको हो ।

नेपाल राष्ट्रबैंकले अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४६ पैसा तोकेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ५१ पैसा र बिक्रिदर १४८ रुपैयाँ २९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ
रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ १२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ २६ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका :

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us