अमेरिकन डलर लगायत सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ कार्तिक २८ गते १४:२५ मा प्रकाशित

काठमाण्डु , २८ कात्तिक- आज सबै विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्रबैंकले आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ६४ पैसा तोकेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८४ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ६८ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ७७ पैसा रहेको छ।यस्तो छ सबै देशको विनिमयदर तालिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us