चीनमाथि नेपालको सहज जित

काठमाण्डु टुडे २०७६ कार्तिक २७ गते १६:३६ मा प्रकाशित

काठमाण्डु,२७कात्तिक–चीनमा जारी बी एण्ड आर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली यू–१९ राष्ट्रिय महिला टोलीलेहिलो जित निकालेको छ ।

संघाईमा बुधबार भएको खेलमा चीनलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकाल्न सफल भएको हो ।
चीनले दिएको ३८ रनको सामान्य लक्ष्य नेपालले ६ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गरेको थियो । पहिले ब्याटिङ गरेको चीनले १० ओभरमा अलआउट हुँदै ३७ रन मात्र जोडेका थियो ।

नेपालका लागि ईश्वरी बिष्टले ३ विकेट लिईन् । उनी प्लेअर अफ दी म्याच चुनिईन् । सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको थियो ।

नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ । यस्तै शुक्रबार मलेसियासँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us