रसुवा, १५ वैशाख – एकीकृत माओवादी रसुवाको चौथौं जिल्ला सम्मेलनमा बाबुराम भट्टराई पक्षका नेताहरुले संस्थापन पक्षका नेताहरुलाई मरणासन्न हुनेगरी कुटपीट गरेका छन् ।
पूर्वसभासद प्रेम तामाङले सम्मेलनमा आफू निकटलाई जिल्ला सदस्य बनाउनुपर्ने भन्दै संस्थापन पक्षका २ जनालाई मरणासन्न हुनेगरी कुटपीट गरेका हुन् । प्रेम तामाङको निर्देशनमा निर्मल, बिक्रम, र भारुकु निरबु तामाङ लगायतको कुटाइबाट सोमबहादुर तामाङ र मालफुर्वा तामाङ गम्भिर घाइते भएका छन् ।
उनीहरु दुबै जना पत्रकार हुन् ।
सोमबहादुर पत्रकार महासंघ रसुवाका अध्यक्ष हुन भने मालफुर्वा सदस्य हुन् । उनीहरुलाई उपचारका लागि काठमाण्डु ल्याइएको छ । सम्मेलनको उद्घाटन सकिएर नेतृत्व चयनका बिषयमा छलफल हुन लाग्दा कुटपीट भएको हो ।
प्रेम तामाङले रसुवा कन्ट्रन्सनका डाइरेक्टर मोहन आर्चाय लगायतकासँग मोटो रकम लिइ सम्मेलन भाड्न भाडामा गुण्डाहरु परिचालन गरिएको एक जिल्ला स्तरिय नेताले बताए । प्रेम तामाङ, बाबुराम भट्टराइ निकटका हुन् ।
उनले जिल्ला सदस्यमा आफूहरुको हावी नहुने भएपछि भाड्न हतियार सहित गुण्डाहरु खटाएको ती नेताले बताए ।