काठमाण्डु , २७ कात्तिक – लगातार बढेको सुनको भाउमा आज पनि बढेको छ ।
हिजो मंगलबार ७१ हजार २ सयमा कारोवार भएको छापावाल सुन आज २ सयले बढेर ७१ हजार ४ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै चाँदी तोलामा रु.५ रुपैंयाले बढेर प्रतितोला ८५० मा कारोवार भइरहेको छ । त्यसैगरी तेजावी सुनमा पनि रु. २सयले बढेर आज ७१ हजार १ सयमा कारावार भइरहेको छ ।