काठमाण्डु , २६ कात्तिक – साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ स्थिर रहेको छ ।
हिजो प्रतितोला ७१ हजार २ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज पनि सोही भाउमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , तेजावी सुनको भाउ पनि आज स्थिर रहेर प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी चाँदीमा पनि स्थिर रहेर प्रतितोला ८ सय ४५ मा कारोवार भइरहेको छ ।