नेपालको लज्जास्पद हार

काठमाण्डु टुडे २०७६ कार्तिक २५ गते १६:५९ मा प्रकाशित

एजेन्सी–भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको भारत ‘सी’ सँग १० विकेटले पराजित भयो ।
जिमखाना मैदानमा नेपालले दिएको एक सय १५ रनको सामान्य लक्ष्य भारतले २२।१ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो । भारतका लागि अर्जुन अजादले ६७ रन बनाए ।

दिभ्यनास अजय कुमार सक्सेनाले अविजित ५२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२।१ ऋोभरमा सवै विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए ।
शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन बनाए । नेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले दुई दुई विकेट लिए ।

भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतको ‘ए’, ‘बी’ र ‘सी’ टोलीले भाग लिएका छन् । अब नेपालले दोस्रो खेलमा बुधबार भारत ‘ए’ र अन्तिम खेल शुक्रबार भारत ‘बी’ सँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us