काठमाण्डु, १५ वैशाख – सहकारी विकास मन्त्री डा. नारायण खड्काले नेकपा एमाले र एमाओवादीले समयमै नाम सिफारिस नगरेका कारण संविधानसभामा २६ जनाको मनोनयन हुन नसकेको बताएका छन् ।
रिपोटर्स क्लव नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री खड्काले भने, ‘काँग्रेसले नाम तय गरिसकेको छ, एमाले र एमाओवादीले नाम सिफारिश गर्ना साथ २६ जनाको सूची घोषणा हुन्छ ।’
मन्त्री खडकाले दलहरुले चाँडै नाम दिन्छौं भने पनि अहिलेसम्म प्राप्त नभएको बताए । ‘आगामी दश दिनभित्र दलहरुबाट नाम आउने र २६ जना सभासद मनोनीत हुने सम्भावना छ’, उनले भने । कार्यक्रममा मन्त्री खड्काले जनमत संग्रहमा गएर भएपनि आगामी माघ ८ गतेभित्र संविधान जारी गरिने अठोट व्यक्त गरे ।
मन्त्री खड्काले संघीयताका बारेमा संविधानसभामा दलहरुवीच समहती हुन नसके जनमत संग्रहमा जान सकिने बताए ।