नेप्से घट्यो

काठमाण्डु टुडे २०७६ कार्तिक २४ गते १५:२८ मा प्रकाशित

काठमाण्डु , २४ कात्तिक- साताको पहिलो दिनको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस दिन ०.१८ अंकले घटेर ११३१.८० बिन्दूमा झरेको छ । आइतबार कुल १६३ वटा कम्पनीको १० लाखभन्दा बढी कित्ता शेयर
३९ करोड ३१ रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।
आज कारोबारमा आएका समूहमध्ये वित्त, निर्जीवन, उत्पादन, अन्य र लघुवित्त समूहबाहेक बाँकी सबै समूह घटेका छन् । आज पनि एनएमबी बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको पौन छ करोड रुपैयाँको कारोबार भएको छ । गत बिहीबार पनि यस एनएमबि बैंकको ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । पछिल्ला दिनमा उच्च शेयर कारोबार हुँदै आएको प्रभु बैंक आज दोस्रो स्थानमा रहेको छ । प्रभु बैंकको शेयर आज पौन ३ करोडभन्दाको कारोबार भएको छ ।
समग्र परिसूचकमा गिरावट भएको दिन सपोर्ट लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य साढे चार प्रतिशतले बढेको छ । उता, रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us