सागका लागि महिला फुटबल टोलीको घोषणा

काठमाण्डु टुडे २०७६ कार्तिक २३ गते ११:४१ मा प्रकाशित

काठमाण्डु,२३कात्तिक–१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि महिला फुटबल टिमको घोषणा भएको छ ।

शनिबार अखिल नेपाल फुटबल संघ एन्फाले साग खेल्ने महिला टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक हरी खड्काले २० सदस्यीय फुटबल टोली घोषणा गरेका छन् ।

नेपाली टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी रहेका छन् । यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना पर्न सफल भएका छन् ।

file photo

मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् ।
नेपाली टोलीको गोल रक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us