सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७६ कार्तिक २० गते ११:५९ मा प्रकाशित

काठमाण्डु,२०कात्तिक–चाडपर्व सकिएसँगै सुनको भाउ ओरालो लागिरहेको छ।

बुधबार प्रतितोला ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ६९ हजार ९ मा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदी ८ सय ४५ मा कारोबार भइरहेको छ। त्यसैगरी मंगलबार छापावाल सुन ७० हजार ८ सयमा कारोबार भएको थियो। तेजाबी सुन ७० हजार ५ सयमा कारोबार भएको थियो भने चाँदी ८ सय ४५ कारोबार भएको हो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us