काठमाण्डु , १९ कात्तिक- साताको तेस्रो दिन मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरवट भएको छ ।
अघिल्लो दिन नेप्से ०.९७ अंकले बढेकोमा आज ०.८१ अंकले घटेर ११३९.४५ बिन्दूमा झरेको छ । विगत केही दिनदेखि नेप्से सुधार हुन सकेको छैन । आइतबार कुल १६२ वटा कम्पनीको १० लाख ५८ हजार कित्ता शेयर २८ करोड ४४ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । आज कारोबारमा आएका समूहमध्ये बैंकिङ, उत्पादन, लघुवित्त र सामूहिक लगानी कोष समूह बाहेक बाँकी सबै समूह घटेका छन् । यस प्रभु बैंकको संस्थापक शेयर सबैभन्दा बढी कारोबार भएको छ ।
यस बैंकको करिब तीन करोड रुपैयाँको कारोबार भएको छ । पछिल्ला दिनमा प्रभु बैंकको शेयर उच्च हुँदै आएको छ ।समग्र परिसूचकमा झिनो गिरावट भएको दिन ग्लोबल आइएमई समुत्थान योजनाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, सिनर्जी पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।
यस कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।