ग्लोब आइएमई बैंकको नाफा ४० प्रतिशतले बढ्यो

काठमाण्डु टुडे २०७६ कार्तिक १९ गते १३:०० मा प्रकाशित

काठमाण्डु , १९ कात्तिक –  चालू आर्थिक वर्षको तीन महिनामा ग्लोबल आइएमई बैंकको नाफा ४० प्रतिशतवे वृद्धि भएको छ ।

बैंकले सो अवधिमा ७५ करोड ३१ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकको नाफा ५३ करोड ५८ लाख थियो । बैंकको वितरणयोग्य नाफा २१ करोड ११ लाख रहेको छ । गत आवको नाफाबाट बैंकले शेयरधनीलाई १२ दशलव ७५ प्रतिशत बोनस शेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

चालू आवको तीन महिनामा बैंकले १ अर्ब ५६ करोड खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us