फेरि घट्यो सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ कार्तिक १९ गते ११:४७ मा प्रकाशित

काठमाण्डु , १९ कात्तिक –  सोमबार ७१ हजार रुपैंयामा कारोवार भएको छापावाल सुन मंगलबार २ सयले घटेर प्रतितोला ७० हजार ८ सय रुपैंयामा कारोवार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै ,तेजाबी सुनमा आज पनि गिरावट आएको छ । सोमबार प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोवार भएको तेजावी सुन आज ७० हजार ५ सय रुपैंयामा कारोवार भइरहेको छ ।
त्यस्तै , चाँदी पनि आज घटेर प्रतितोला ८६५ रुपैंयामा कारोवार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us