एमाओवादी काठमाण्डुमा संस्थापन पक्षको वर्चस्व

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते ४:०० मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– एकीकृत माओवादी काठमाण्डुको दोश्रो जिल्ला सम्मेलन महाधिवेशन प्रतिनिधि र जिल्ला समिति सदस्य चयन गर्दै सकिएको छ ।
maoist-flagआइतबार राति सकिएको सम्मेलनबाट ५८ महाधिवेशन प्रतिनिधि र ५७ जिल्ला सदस्य सर्वसम्मत चुनिएका हुन् । प्रतिनिधि र जिल्ला समितिमा संस्थापन पक्षको बर्चश्व देखिएको छ । प्रतिनिधिमा ५८ मध्ये संस्थापनका ४३, नेता बाबुराम भट्टराई पक्षका ११ र नारायणकाजी श्रेष्ठ पक्षधर ४ जना निर्वाचित भएका छन् । यस्तै ५७ सदस्यीय जिल्ला समितिमा संस्थापनका ४२, भट्टराईका ९ र श्रेष्ठका ५ जना छन् ।
प्रतिनिधिमा लीलामणि पोखरेल, देवेन्द्र पौडेल, हिसिला यमी, शालीकराज जमकट्टेल, हिमाल शर्मा, रमेश मल्ल, बलावती शर्मा, अञ्जना विशंखे, शशी श्रेष्ठ, जगत सिंखडा, गणेश रेग्मी, लक्की शेर्पा, रेणु दाहाल, सर्वोत्तम डंगोल, दिलिप महर्जन, बलराम थापा , रुपा महर्जन, शिव कोइराला, चन्द्रबहादुर थापा ‘सागर’, डिबी तामाङ,  रमण श्रेष्ठ, मुक्ति प्रधान, प्रकाश जीएम, गोविन्दबहादुर बटाला छानिएका छन् ।

यस्तै ईश्वर रिजाल, महेन्द्र श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, सविता भण्डारी, धर्मदत्त देवकोटा, हरिशरण आचार्य, सीता दाहाल, रवि गौतम, मनु हुमागाईं, विष्णु माझी, चारु गजुरेल, हरिमाया अधिकारी, कृष्ण शर्मा, कृष्ण केसी, घनश्याम ठकुरी, उषा देवकोटा, कुलबहादुर तामाङ, टेकम बाठामगर, धनबहादुर विक र कुलानन्द गिरी, सुनिता रोकाया प्रतिनिधि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
चर्चित नेताहरु को–को चुनिन सकेनन ?
जिल्ला सम्मेलनबाट केही चर्चित अनुहारहरु प्रतिनिधि र जिल्ला समितिमा आउन सकेनन् । प्रतिनिधि नभएका चिनिएका नेताहरुमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष एनके प्रसाईं, केन्द्रीय सल्लाकारहरु डा. डिल्लीराज खनाल, दीपेन्द्रबहादुर क्षेत्री, गोपाल शिवाकोटी ‘चिन्तन’, जेबी टुहुरे, हरिगोविन्द लुईंटेल, पदम खड्का, भागिरथ खरेल, रामनाथ मैनाली, कृष्ण आचार्य, कलाधर देवकोटा, सुनिलकुमार पौडेल, अम्बिका थापा, देवबहादुर पौडेल, राजभाई जकमी, जयबहादुर कार्की , खेमराज भट्ट मायाँलु, डा. चन्द्रकान्त पौडेल र माधव मरहठ्ठा छन् ।

यस्तै महाधिवेशन आयोजक समितिका सदस्यहरु सोनाम साथी, सविना अर्याल, गंगा बेलवासे, खिमलाल देवकोटा र सरिता महर्जन पनि दुवैतर्फ आउन सकेनन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव समीर दाहाल, अखिल क्रान्तिकारका उपाध्यक्ष जागृत रायमाझी, क्रान्तिकारीकै सचिव अनिल शर्मा पनि महाधिवेश प्रतिनिधि र जिल्ला समिति दुवैमा आएनन् ।

वाइसीएल नेवा: राज्य समिति संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा जिल्ला सम्मेलनमै सहभागी भएनन् । उनी भक्तपुरको बालकोटमा ५ रोपनी जग्गा भाडामा लिएर  च्याउ खेती र कुखुरा पालन गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us