कोटेश्वर तरकारी बजारमा आगलागी

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते २:२२ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– कोटेश्वरस्थित काभ्रेली तरकारी तथा फलफूल बजारमा भीषण आगलागी भएको छ ।
आज बिहान भएको आगलागीबाट १५ वटा टहरामा रहेका तरकारी तथा फलफूल पसल र केही खाद्यान्नका थोक पसल समेत जलेर नष्ट भएका छन् ।

महानगरीय प्रहरी वृत्त कोटेश्वरसँगै रहेको तरकारी बजारमा बिहान करिब चार बजेतिर आगलागी भएको थियो । आगलागीबाट करिब डेढ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us