दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १६:१५ मा प्रकाशित

सप्तरी, १४ वैशाख – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगर सडक खण्डमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजु पोखरेलको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१ज ४६२० नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको बा८प ५४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रसनि पोखरेलेको घटनास्थलमै मृत्यु भएको हो ।
सप्तरीको रुपनगर–७ निवासी पोखरेल बिदामा घर आएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us