ट्रक दुर्घटनामा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १६:१३ मा प्रकाशित

कालिकोट, १४ वैशाख –  सुर्खेत–जुम्ला सडक खण्डअन्तर्गत दाहाँ गाविसको मौलाकाटियामा ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।
ना४ख ४६६४ नम्बरको ट्रक जुम्लाबाट सुर्खेत जाँदै गरेको अवस्थामा दुर्घटनामा परी सल्यान जिल्ला घर भएका २३ वर्षीय ट्रक चालक भागिराम डाँगी र कैलाली बौनिया घर भएका १८ वर्षीय सहचालक गोपाल साउदको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै शव जिल्ला अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ । कर्णाली राजमार्गअन्तर्गत पर्ने सुर्खेत–जुम्ला सडक खण्डको स्तरोन्तत्ति नभएका कारण बर्सेनि सयौँको मृत्यु हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us