एजेन्सी– स्पेनिश क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले नयाँ रेकर्ड बनाएका छन् ।
आर्सनलका लिजेन्ड थियरी हेनरीको नाममा रहेको २ सय २८ गोलको किर्तिमान तोड्दै बेन्जेमाले नयाँ रेकर्ड बनाएका हुन् ।
फ्रान्स बाहिरको क्लबमा धेरै गोल गर्ने खेलाडीको रेकर्ड बनाएका उनले गएराती सम्पन्न भएको लेगानेसविरुद्धको खेलमा मड्रिड ५–० ले जित हासिल गोल गरेका थिए ।
उक्त खेलमा गरेको गोलसँगै बेन्जेमाले मड्रिडको लागि २ सय २९ गोल गरेका छन् । यसअघि हेनरीले आर्सनलका लागि २२८ गोल गरेका थिए ।
थिएरी हेनरी फुटबल इतिहासका उत्कृष्ट स्ट्राइकर हुन् । आर्सनलमा ८ वर्ष बिताई २२८ गोल गरेर दुई प्रिमियर लिग र दुई एफए कप जिताएका थिए । प्रिमियर लिगमा राम्रो खेल्ने विदेशी खेलाडीको रुपमा उनले आफ्नो नाम बनाएका थिए ।
करिम बेन्जेमा दश वर्षअघि मड्रिडमा अनुबन्ध भएका थिए । उनी मड्रिडका लागि महत्वपूर्ण खेलाडीको रुपमा स्थापित भइसकेका छन् । गएको सिजनमा २१ गोल र ६ असिस्ट गरेका बेन्जेमाले अहिलेको सिजनमा पनि ७ खेल र ३ असिस्ट गरिसकेका छन् 