सुनको भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ कार्तिक १५ गते ११:४४ मा प्रकाशित

काठमाण्डु,१५कात्तिक–छठको मुखमै सुनको भाउ बढेको छ । बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेकोमा शुक्रवार ७१ हजार दुई सय पुगेको हो ।

शुक्रवार छापावाला सुन प्रतितोला ७१ हजार दुई सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजावी सुन भने ७० हजार नौ सयमा कारोबार भैरहेको छ । तेजावी सुनमा प्रतितोला सात सयले बृद्धि भएको हो र त्यस्तै, चाँदीको भाउमा समेत बृद्धि भएको छ । बिहिवार प्रतितोला आठ सय ६० मा कारोबार भैरहेको चाँदी शुक्रवार आठ सय ७० मा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us