नेपाली क्रिकेट टिमको कप्तानी ज्ञानेन्द्रलाई

काठमाण्डु टुडे २०७६ कार्तिक १३ गते १८:२६ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त गरेको छ ।
अर्को निर्णय नहुँदासम्मका लागि भन्दै क्यानले ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिएको हो । पारस खड्काले राजीनामा दिएपछि नेपाली टिमको कप्तानी खाली थियो । पारसले २८ असोजमा राजीनामा दिएका थिए ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले उपकप्तानमा भने दीपेन्द्रसिंह ऐरीलाई नै निरन्तरता दिने निर्णय भएको बताए ।
नेपाली क्रिकेट टिमले निकट भविष्यमै केही महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने भएकाले छिट्टै कप्तान नियुक्त गरिएको प्याकुरेलले बताए । मल्लले पारसको अनुपस्थितिमै नेपाली टिमको नेतृत्व गर्दै धेरै अन्तर्राष्ट्रिय खेलमा भाग लिइसकेका छन् ।
,

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us