मुक्तिनाथ विकास बैंकले दिने भो बोनस

काठमाण्डु टुडे २०७६ कार्तिक १३ गते १४:४३ मा प्रकाशित


काठमाण्डु , १३ कात्तिक- मुक्तिनाथ विकास बैंकले बोनस दिने भएको छ । बैंकको सञ्चालक समितिले गरेको प्रस्तावमा हकप्रद शेयरवालाले पनि पाउने गरि लाभांश प्रस्ताव गरेको छ ।
बैंकले १८.५३ प्रतिशत लाभांशमा १७.६० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले २० प्रतिशत हकप्रद शेयरधनी जारी गरेको थियो उक्त बोनस शेयर २० प्रतिशत हकप्रद शेयरवहाकले समेत पाउनेगरी सञ्चालक समितिले प्रस्ताव गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us