ला लिगा – बार्सिलोनाद्वारा रियल भालाडोलिड ५-१ ले पराजित

काठमाण्डु टुडे २०७६ कार्तिक १३ गते १३:४३ मा प्रकाशित

एजेन्सी – बार्सिलोना स्पेनिस ला लिगाको शिर्ष स्थानमा फर्केको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई ५-१ गोल अन्तरले हराउँदै साविक विजेता बार्सिलोना शिर्ष स्थानमा फर्केको हो ।
बार्सिलोनाका लागि लियोनेल मेसीले दई, अर्टुरो भेडाल, लुईस स्वारेज र क्लेमेन्ट लेन्गलेटले एक-एक गोल गरे । भालाडो लिडका लागि किकोले एक सान्त्वना गरे ।
अर्को खेलमा एथ्लेटिको मड्रिडले एलाभेससँग एक एक गोलको बराबरी खेलेर अंक बाँडेको छ । खेलमा एथ्लेटिकोका लागि अल्भारो मोराटा र एलाभेसका लागि लुकास पेरेजले एक गोल फर्काए । गएरातिका खेलपछि बार्सिलोना दस खेलबाट २२ अंक सहित बार्सिलोना लिगको शिर्ष स्थानमा छ । समान खेलवाट दोस्रो स्थानको ग्रानडाको २० अंक छ । ११ खेलबाट २० अंक सहित रियल मड्रिड तेस्रो स्थानमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us