तनहुँ, १४ वैशाख – आफुलाई जन्म दिएकी आमालाई हत्या गरेको अभियोगमा तनहुँ प्रहरीले रामु सुनारलाई पक्राउ गरेको छ । ढोरफिर्दी–२ बस्ने २१ बर्षीय रामु सुनारले गएराति ५५ बर्षीया आमा भिममायाँ सुनारलाई दाउराको चिरपटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सुनारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।