
काठमाण्डु ,७ कात्तिक – ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ निर्देशन गरेर चर्चा कमाएकी निर्देशक झरना थापाले अब ‘ए मेरो हजुर ४’ निमार्ण गर्ने भएकी छिन् ।
फिल्ममा नायिका भने चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी सुहाना थापालाई नै लिने भएको निर्देशक झरना थापाले बताएकी छिन् । फिल्ममा नायक भने खोजी भइरहेको छ । अहिलेका स्टार नायक अनमोल के.सी व्यस्त रहेकाले फिल्मको लागी नायकको खोजी भइरहेको थापाले बताएकी हुन् ।