साङ्लोमुक्त हात्तीसार बनाउने अभियान

काठमाण्डु टुडे २०७१ वैशाख १४ गते १०:१४ मा प्रकाशित

चितवन, १४ वैशाख – चितवन राष्ट्रिय निकुञ्जभित्रका हात्तीसारमा आजदेखि साङ्लोमुक्त हात्तीसार बनाउने अभियान सुरु भएको छ ।

बाघमारा पोेस्टबाट कृष्णप्रसाद नामको हात्तीलाई आज साङ्लोमुक्त गरी अभियानको थालनी गरिएको हो ।

एलिफन्ट एड इन्टरनेसनलले विश्वमा नै पहिलो पटक नेपालको चितवन राष्ट्रिय निकुञ्जमा हात्तीलाई साङ्लोमुक्त बनाउने अभियान थालेको हो । निकुञ्जले आगामी जेठ मसान्तसम्ममा १३ हात्तीसारमा ६३हात्तीलाई साङ्लोमुक्त बनाउन लागिएको जनाएको छ ।

हात्तीलाई सुरक्षित र मानवीय व्यवहारमा घुलमिल गराउन यसले सहयोग गर्ने अपेक्षा गरिएको छ । हात्तीलाई साङ्लोमा बाँधेर राख्ने चलन रहेको र यसले हात्तीलाई मानसिक रुपमा असर पर्ने विज्ञको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us