
काठमाण्डु७कात्तिक– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको छ।
अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
भिटेनका ‘ हामी यस्तै त हो नी ब्रो’लगायत गित चर्चित छन्। यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरि सार्वजनिक माफी मगाएर छाडेको थियो।