पीएसजीको शानदार जित

काठमाण्डु टुडे २०७६ कार्तिक ६ गते ११:१७ मा प्रकाशित

एजेन्सी – केलियन एम्बाप्पेको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन पीएसजीले शानदार जित हात पारेको छ ।
मंगलबार राति भएको खेलमा लिग वान च्याम्पियन पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका एम्बाप्पेले ह्याट्रिक गर्न सफल रहे । बाँकी दुई गोल ईकार्डीले गरे ।
एम्बाप्पेले २० बर्ष ३ सय ६ दिनमा च्याम्पियन्स लिगमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडी बनेका छन् ।
समूह एको खेलमा जित सहित पीएसजी नकआउट चरण नजिक पुगेको छ । समूहको शीर्ष स्थानको पीएसजीले ९ अंक जोडेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us