माछापुच्छे बैंक कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को मुख्य प्रायोजक

काठमाण्डु टुडे २०७६ कार्तिक ५ गते १६:३६ मा प्रकाशित

काठमाण्डु , ५ कात्तिक – माछापुच्छे बैंकको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को आयोजना हुने भएको छ ।

काठमाण्डुमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा माछापुच्छे बैंक लि। र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीवीच कर्पोरेट सुपर सिक्सेस ‘सिजन–६’को मुख्य प्रायोजक माछापुच्छे बैंक लि। रहने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतापत्रमा माछापुच्छे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छे बैंक लि। का प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए । सम्झौता पश्चात यो वर्षको कर्पोरेट सुपर सिक्सेस टुनामेन्टको नाम माछापुच्छे बैंक, कर्पोरेट सुपर सिक्सेस टुनामेन्ट रहने बताएको छ ।

साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छे बैंकले विशुद्ध बैंकिग सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउदै आएको बताउदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाए ।

प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छे बैंक, कर्पोरेट सुपर सिक्सेस टुनामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।

माछापुच्छे बैंकले देशभर १४१ वटा शाखाहरु, १३० शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरु मार्फत बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us