
एजेन्सी – लामो समयदेखि एक अर्कालाई डेट गरिरहेका रणविर र आलियाको बिहेको कार्ड भाइरल भएको छ । उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी भारतीय मिडियाले दिएका छन् ।
भाइरल भएको कार्डका अनुसार दुईको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को जनवरी २२ मा हुने छ ।
यो विवाहको कार्डलाई ट्वीटर र ह्वाट्सएपमा अत्यधिक बाँडिएका छन् । यद्यपि, कार्डलाई ध्यानपूर्वक हेर्ने हो भने यो फोटोसप भएको थाहा हुन्छ । कार्डमा स्पेलिङ र ग्रामर अत्यधिक बिगारिएको छ । कार्डमा आलियाको नाम नै बिगारिएको छ ।
यसबाहेक कार्डमा आलियालाई मुकेश भट्टकी छोरी बताइएको छ जबकी उनी फिल्म निर्माता महेश भट्टकी छोरी हुन् । त्यसमाथि यी दुईको विवाह हुने खबर दुबै परिवारका कुनै पनि सदस्यले दिएका छैनन् ।
स्मरण रहोस्, यसअघि पनि यी दुईको विवाहको तस्बिर भाइरल भइसकेको छ जुन उनका प्रशंसकले बनाएका थिए । यसमा रणबीरलाई दुलहा र आलियालाई दुलहीको रुपमा देखाइएको थियो ।
कामको कुरा गर्ने हो भने रणबीर–आलिया एकैसाथ अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा देखिनेछन् । यो फिल्ममा उनीसँग अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया र मौनी रोयजस्ता नायकले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।